देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ । केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ ।
मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ । उनका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन ।
धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।
जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।
उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।