चुरेमा पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ६ धनेडीमा पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘राष्ट्रका लागी खेल, स्वास्थ्यका लागि खेल खेलौ स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ वडा कार्यालयको खेल मैदान धनेडीमा भलिबल प्रतियोगिता हुने भएको हो ।

maya metro hospital

वडाको बार्षिक कार्यक्रम अन्तरगत शुभ दिपावलिको अवसरमा चुरे युवा क्लबको आयोजनामा कार्तिक ६ गतेबाट उक्त कार्यक्रम सन्चालन हुन लागेको खेल संयोजक एवम् क्लबका सचीव गणेश नाथ योगीले जानकारी दिए ।

कार्तिक ६ र ७ गते हुने प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः २० हजार, १२ हजार र ८ हजार नगद पुरस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.