अत्तरिया – प्रतिनिधिसभा निर्वाचनमा बैतडीबाट समानुपातिक सांसदका उम्मेदवार बनेको विश्राम कोलीले आफूले चुनाव जिते समाज परिवर्तनको अनुभुति गराउने बताएका छन । राष्ट्रिय नागरिक पार्टीको चंङ्गा चुनाव चिन्ह लिएर चुनावमा होमिएका कोलीले गरीब, दिनदुखि, सहारा बिहिन, जातीयता विभेदमा परेका, पिछडिएका वर्गको हकहित र अन्यायका विरुद्ध आवाज उठाएर तिनका समस्या सामाधन गरी समाज परिवर्तनको अनुभूति गराउने बताएका हुन ।

२०५७ सालदेखि तत्कालिन नेकपा माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनले सशस्त्र द्धन्द्धकालमा भूमिगत हुँदै एरिया इन्चार्जको जिम्मेवारी समालेका थिए । तर, पछिल्लो समय आफ्नो योगदानको कदर नगरिएको भन्दै कोली राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेर चुनावमा होमिएका हुन ।

‘देशमा परिवर्तन ल्याउनुपर्छ देशमा विकास हुनुपर्छ सबैलाई सामान व्यबहार हुनुपर्छ भन्दै संघर्ष गर्दै संकटकालका बेला पनि आफ्नो ज्यानको बाजि राखेर राजनीतिमै लागि रहे’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘हाम्रै साथ सहयोग र सपोर्टले आज विभिन्न पद र सत्तामा पुगेकाहरुले हामीले गरेको दुख र संघर्षको कदर नगरिदिदा राम्रो सोच र बिचार भएका ब्यक्तिलाई स्थान नदिदा आज आफू जस्तै थुप्रैको संघर्षले देशमा परिवर्तन आए पनि अझै पनि ती गरिब, दिनदुखि सहाराविहिन र पिछडिएका वर्गहरुको मुहार नफेरिदा मैले आफू आबद्ध भएको पार्टी परित्याग गरि राष्ट्रिय नागरिक पार्टीमा परिवेश गरेको हुँ ।’

उनले युवारोजगार, शिक्षा, स्वास्थ्य, कृषि, न्याय, समानता, महिला हिंसा, भ्रष्टचार र समाज भित्रका हरेक प्रकारका विकृति विसंगति विरुद्ध लड्ने आफ्नो मुख्य प्राथमिकता हुने बताए । उनले सबै वर्ग र तप्काको समस्या आफ्नो प्राथमिकतामा पर्ने बताए ।
‘हाम्रो समाजमा परिवर्तनको अनुभुती गराई युवा, वृद्ध ,वृद्धा, दलित गरिब महिला बालबालिकाको मुहार हसिलो बनाउनु छ । जनताको हरेक जिम्मेवारी मेरो काधमा हुनेछ र म दायित्व निर्वाह गर्न सदैब तैयार रहनेछु’ उनले भने ‘यसका लागि चुनावमा मलाई बैतडीबासीको साथ चाहिन्छ ।’