अत्तरिया – सत्तागठबन्धनमा रहका दलहरुले प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन् । जसअन्तरगत ५ वटा प्रतिनिधि सभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ३ दल बिच सिट बाडफाड भएको छ ।

प्रतिनिधि सभा अन्तरगतका सिटको यसअघिकै खाकाअनुसार सिट बाडफट गरिएको छ । जसमा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि ३ क्षेत्र पाएको छ । नेपाली काँग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर १, ४ र ५ पाएको हो ।

जिल्लामा माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र पाएको छ । माओवादी केन्द्रले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र ३ पाएको हो ।प्रदेश सभा सदस्यका लागि १० निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली कांग्रेसले ५ निर्वाचन क्षेत्र पाएको छ भने ३ प्रदेश सभा सदस्य माओवादी र २ प्रदेश सभा सदस्य समाजवादीले पाएको छ ।

कैलालीको निर्वाचन क्षेत्र १ को प्रदेश सभाका दुबै क्षेत्र, निर्वाचन क्षेत्र नम्बर २ को १, निर्वाचन क्षेत्र नम्बर ३ को १ र निर्वाचन क्षेत्र नम्बर ५ को २ नेपाली कांग्रेसले पाएको छ ।
माओवादी निर्वाचन क्षेत्र नम्बर २ को २, निर्वाचन क्षेत्र ४ को २ र निर्वाचन क्षेत्र ५ को १ पाएको छ ।
कैलाली ४ को २ मा पनि नेपाली कांग्रेसले आफ्नो दावी गर्दै आएको थियो । तर, प्रदेश सभाको यो क्षेत्र माओवादीको भागमा परेपछि टिकटका लागि लविङ गरिरहेका नेताहरु रुष्ट बनेका छन ।
कैलाली क्षेत्र नम्बर ४ एमाले सचिव लेखराज भट्टको निर्वाचन क्षेत्र पनि हो । त्यसैले यो क्षेत्रलाई चासोका साथ हेरिने गरेको छ ।त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीले निर्वाचन क्षेत्र नम्बर ३ को २ र ४ को २ पाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मनोनयन दर्ताको मिति तोकेको छ ।