खाेज्नुहाेस

दशैंमा १६ अर्बका नयाँ नोट सटही

Image

नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्त परिमाणमा सटही भएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

navjiwan hospital

‘यसपटक राष्ट्र बैंकका साथै अन्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हामीले ८–१० अर्ब सटही हुने अपेक्षा गरेकोमा त्योभन्दा बढी रकम गएको छ ।’

attariya hospital

राष्ट्र बैंकको प्रादेशिक कार्यालयका साथै बैंक वित्तीय संस्थाका विभिन्न शाखाबाट असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको थियो । बैंकलाई उपत्यकाभित्रका कम्तीमा ५ ओटा शाखाबाट नोट सटहीको व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले नोट सटहीका लागि एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका एक÷एक बन्डल गरी १८ हजार ५०० रुपैयाँको सीमा तोकेको थियो । कोभिड महामारीका कारण विगत २ वर्षमा नयाँ नोट वितरण नगरे पनि दशैं, तिहार र छठको अवसरमा नयाँ नोट सटही सुविधा दिने परम्परालाई राष्ट्र बैंकले चालू वर्षमा भने निरन्तरता दिएको हो ।