कैलालीबाट ‘चरी बाघ’ को उद्धार

धनगढी – कैलालीमा एउटा ‘चरी बाघ’ भेटिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार ‘चरी बाघ’ फेला परेको हो ।

maya metro hospital

डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एउटा डमरु फेला परेको र उक्त डमरुको उद्धार गरिएको जानकारी दिएको छ । सो चरी बाघको डमरुलाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो ।

joshi vada pasal 2

उद्धार गरेर ल्याइएको डमरुलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ । उक्त डमरुलाई केही दिनपछि वनमा छोडिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.