बढ्दो ब्याजदर नियन्त्रण गर्न कैलाली चेम्बर अफ कमर्सको माग

अत्तरिया – बढ्दो ब्याजदर नियन्त्रण गर्न कैलाली चेम्बर अफ कमर्सको माग गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले निक्षेपमा उच्च दरको ब्याजदर कायम हुँदा त्यसको असर कर्जाको ब्याजदरमा पर्ने भएकाले यसलाई रोक्न माग गरिएको हो ।

maya metro hospital

‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था सिर्जना भएको छ,’ कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल –विप्लभ) द्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘निक्षेपमै उच्च ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।’

joshi vada pasal 2

कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारका असान्दर्भिक सेवा शुल्कलाई हटाउन चेम्बरले माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न एकल दरको ब्याज कायम गर्नसमेत चेम्बरले आग्रह गरेको छ ।

उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्न अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.