स्थानीय बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा १००० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ कायम भएको छ ।

बिहीवार सुन तोलाको ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रूपैयाँ बढेर १ हजार २०० रूपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।















