धनगढीको भाटभटेनी सहित दुई होटललाई दुई/दुई लाख जरिमाना

धनगढी – धनगढीको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपियाँ जरिमाना गरिएको छ । भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिमाना गरेको हो ।

maya metro hospital

वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढि लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपियाँ जरिमाना गरिएको जानकारी दिए ।

उनका अनुसार धनगढीकै जलशा होटल र रोस्यो घर हस्पिटालीटीलाई पनि दुई/दुई लाख जरिमाना गरिएको छ ।

attariya hospital

उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिमाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.