खाेज्नुहाेस

बैतडीमा सुपथ मूल्य पसल नखुल्ने

Image

बैतडी – दशैँको अवसरमा साल्ट ट्रेडिङ कर्पाेरेसन र स्थानीय सरकारले खोल्नुपर्ने सुपथ मूल्य पसल बैतडीमा यो वर्ष नखुल्ने भएको छ । बैतडीको पाटनमा साल्ट ट्रेडिङको डिपो कार्यालय रहे पनि सर्भरको समस्याका कारण अनलाइन बिलिङ नहुँदा सुपथ मूल्यको पसल नखुल्ने भएको हो ।

navjiwan hospital

‘अनलाइन बिलिङ नहुने भएकाले बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा सुपथ मूल्यको पसल खुलाउन सकिएन,’ साल्ट ट्रेडिङ कर्पाेरेसन, क्षेत्रीय कार्यालय धनगढीका निमित्त प्रमुख तेजबहादुर कुँवरले भने ।

attariya hospital

खाद्य व्यवस्था कम्पनीले भने चामल अभावकै कारण सुपथ मूल्य पसल खोल्न नसक्ने भएको हो । सुपथ मूल्यको पसल सञ्चालन गर्न स्थानीय तहको सरकार उदासीन देखिएका छन् । स्थानीय तहको सरकार गठन हुनुअघि साल्ट ट्रेडिङ आफैँले सुपथ मूल्यको पसल सञ्चालन गर्दै आइरहेको थियो ।