खाेज्नुहाेस

डा. गोविन्द केसी र सरकार पक्षबीच वार्ता जारी

Image

धनगढी – स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भइरहेको छ ।

navjiwan hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी छन् । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली छ ।

attariya hospital

जारी वार्तामा अहिले डा. केसीले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको उनका प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए । सरकारका तर्फबाट भने डा. केसीसँग हालसम्म भएका सम्झौताको कार्यप्रगति र अहिले राखिएका मागबारे बुँदागत विवरण पेस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था सातौँ दिनमा आइपुग्दा अवस्था जटिल भएको अस्पतालको रिपोर्ट छ ।