खाेज्नुहाेस

सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बित

Image

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बनमा परेका छन् । बलात्कार आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो ।

navjiwan hospital

‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

attariya hospital

मंगलबार लामिछाने विरुद्ध जाहेरी परेको थियो भने हाल लामिछाने नेपाल बाहिर छन् । उनले विदेश जानुअघि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।