काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पुजी जारी भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
१७ वर्षीया किशोरीले लामिछाने विरुद्ध गत बुधबार बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहित) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जर्बजस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।
लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेस्टइन्डिजमा भए पनि प्रहरीले उनीविरुद्ध प्रमाण संकलन गर्ने र अनुसन्धान गर्ने कार्य अघि बढाइरहेको छ ।