
टिकापुर – कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा निर्वाचित भएका छन् । सापकोटा ५ सय ६५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईं, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी भएका छन् । निर्वाचनमा एक हजार ३८ मत खसेको थियो ।
















