टिकटक बनाउने क्रममा भीरबाट खसेका युवकको मृत्यु

bishal shuit house

दाङ – टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर –३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर–७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.