अत्तरियाको मानाङ्क सहकारीको कुल कारोबार १८ करोड बढी

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षसम्म १८ करोड भन्दा बढीको आर्थिक कारोबार गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म १८ करोड ३ लाख ९१ हजार ९ सय २२ रुपैया बराबरको आर्थिक कारोबार गर्न सफल भएको हो ।

maya metro hospital

संस्थाको शुक्रबार सम्पन्न ११औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उक्त कारोबारबाट संस्थाले ४४ लाख रुपैया नाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म ४४ लाख ७७ हजार ९ सय २८ रुपैया नाफा कमाउन सफल भएको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले जानकारी दिए । उनले संस्थाको प्रगतीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष भित्र संस्थाको आफ्नै जमिन र भवन बनाउने लक्ष्य रहेको बताए ।

‘संस्थाले अत्तरियामा र गेटामा सञ्चालन गरिएका सेवा केन्द्रहरु भाडाँको घरमा सञ्चालीत छन’ उनले भने ‘त्यसैले चालु आर्थिक वर्षको अन्त्य सम्म संस्थाले आफ्नै जमिन खरिद गरी त्यसमा संस्थाको भवन निर्माण गर्ने लक्ष्य छ, त्यसका लागी अझै हाम्रो मेहनत जारी छ ।’ उनले त्यतिमात्रै नभई संस्थाल मानाङ्क ट्रष्ट सञ्चालन गर्ने पनि लक्ष्य राखेको बताए । उनले त्यस ट्रष्टबाट सामाजिक कार्यहरु गरिने बताए । ‘ट्रष्टबाट सामाजिक कार्य गर्ने हामिले सोच बनाएका छौ’ उनले भने ‘त्यसका लागी सर्वप्रथम एउटा शववाहन खरिद गरी सबैलाई सहुलियत रुपमा सेवा दिने हाम्रो योजना रहेको छ ।’ उनले संस्थाको प्रगतीमा मुख्य रुपमा शेयरसदस्यहरुको हात रहेको भन्दै शेयरसदस्यहरु प्रति आभार प्रकट गरे ।

attariya hospital

२०६७ साल असोज २६ गते स्थानिय २६ जनाबाट सुरु भएको सहकारीमा हाल २०११ जना शेयर सदस्यहरु रहेका छन । आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म संस्थाको शेयरपुँजी १ करोड ८० लाख ६३ हजार ६ सय रुपैया रहेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच संस्थाको ११औ वार्षिक साधारण सभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका क्षेत्रिय प्रबन्धक कृष्ण रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए । संस्थाले विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मानित समेत गरेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेरसदस्यहरुको सहभागीता रहेको थियो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.