दार्चुलामा ग्यासको मूल्य तोकेभन्दा बढी लिइदै

दार्चुला – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्लाको सदरमुकाममै सरकारले तोकेभन्दा खाना पकाउने ग्यासको मूल्य साढे तीन सय बढीमा बिक्री हुँदै आएको छ । सदरमुकाममै व्यापारीहरूले चर्को मूल्यमा ग्यास बिक्री गर्ने हुँदा यहाँका उपभोक्ता मारमा परेका छन ।

maya metro hospital

सरकारले खाना पकाउने ग्यासको मूल्य देशभर एक हजार ८ सय तोकेको भए पनि आपूर्तिमन्त्रीकै जिल्ला सदरमुकाममा व्यापारीहरूले तीनदेखि साढे तीन सय बढी मूल्यमा बिक्री गर्दै आएका छन । यहाँका उपभोक्ताहरूले दुई हजार एक सय र दुई हजार एक सय ५० रुपैयाँमा ग्यास खरिद गरी उपभोग गरिरहेका छन । सदरमुकामकै उपभोक्ता चर्को मूल्यमा ग्यास खरिद गर्न बाध्य भए पनि सरकारी निकाय मौन बसेको स्थानीय बताउँछन ।

सरकारले तोकेको मूल्यभन्दा जिल्लामा ग्यासको मूल्य धेरै भएपछि विद्यार्थी र गरिब परिवारको भान्सा सधैं महँगो हुने गरेको महेन्द्र नमुना माविमा अध्ययनरत विद्यार्थी राहुल साहुले बताए । ‘हामीहरू ग्यासलगायतको दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक हुँदा खर्च चलाउन मुस्किल पर्छ,’ उनले भने, ‘गरिब परिवार र दुर्गम क्षेत्रमा सरकारले आफैंले तोकेको मूल्यमा ग्यास उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।’

attariya hospital

दैनिक जीवनमा प्रयोग हुने ग्यासमा चर्को मूल्य लिँदा उपभोक्ता मारमा परेका छन । खाना पकाउने ग्यास बढी मूल्यमा बिक्री गर्दा निम्न आम्दानी भएका र विद्यार्थी मर्कामा परेका छन । हुनेखानेले अन्य वस्तु गच्छेअनुसार प्रयोग गरे पनि सबैको चुलोमा बल्ने ग्यासको मूल्य यहाँका व्यापारीहरूले सरकारले तोकेभन्दा धेरै बढी मूल्यमा बिक्री हुने गरेको खलंगाका स्थानीय दानसिह चैसिरले बताए ।

प्रशासन लगायत जिल्लाका सरोकारवाला निकायहरू पटक–पटक बजार अनुगमन गर्छन । ग्यासमा यति चर्को मूल्य उपभोक्ताबाट व्यापारीहरूले उठाउने भए पनि खासै चासो नपु-याएको उनको भनाइ छ । खाना पकाउने ग्यासमा भाडा अनुदान नहुँदा जिल्लामा बिक्री गर्ने सबै व्यापारीले आफैंले भाडा तिरेर बिक्री गर्नुपर्दा सरकारले तोकेभन्दा बढीमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन । तराईका ग्यास डिलरहरूले अत्तरियासम्मको मात्र भाडा उपलब्ध गराउँछन । त्यसयताको भाडा व्यापारीले नै व्यहोर्नुपर्छ ।

व्यापारीका अनुसार अत्तरियादेखि दार्चुला सदरमुकामसम्मको भाडा प्रतिसिलिन्डर तीन सयसम्म पर्न जान्छ । यहाँका सबै सिलिन्डर व्यापारीहरूले भाडा अनुदान पाए सरकारले तोकेअनुसारको मूल्यमा उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने रेडियन्ट ग्यास दार्चुलाका विक्रेता मिलनराज अवस्थीले बताए ।

अवस्थीका अनुसार तराईबाट दार्चुलाको भाडा अहिले प्रतिकिलोग्राम ६ रुपैयाँ छ । ढुवानी गाडीले जिल्लाबाट रित्तो तराई झरे पनि भाडा लिन्छ । ‘एक सिलिन्डरको अपडाउन भाडा दुई सय ७० रुपैया पर्छ,’ अवस्थीले भने, ‘प्रतिसिलिन्डर लोड अनलोडमा २०/३० रुपैयाँ थप पर्छ ।

सैपाल ग्यास दार्चुलाका विक्रेता राजेन्द्रप्रसाद बडूका अनुसार खाना पकाउने ग्यास सिलिन्डर डिलरभन्दा व्यापारीबाट खरिद गर्न केही रुपैयाँ सस्तो पर्छ । ‘धनगढीको डिलर अत्तरियालाई भनेर सिलिन्डर खरिद गरे दार्चुलाका लागि भनेर किनेको भन्दा प्रतिसिलिन्डर ३ रुपैयाँ सस्तो पर्न जान्छ,’ उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा ढुवानीको भाडा धेरै भएकाले ग्यास महँगो पर्न गएको हो ।’

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.