पश्चिम सेतीको बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू गरियो

एनएचपीसी इन्डिया लिमिटेडले बिजुली बिक्री गर्न पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । नेपालमा लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएका पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाबाट उत्पालित बिजुली विक्रीका लागि भन्दै यस्तो एमओयू भएको हो ।

maya metro hospital

एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा हस्ताक्षर गरेका छन् । एमओयूअनुसार पीटीसीले भारत र छिमेकी देशहरूमा दीर्घकालीन आधारमा राज्य उपयोगिताहरू, डिस्कमहरू र थोक उपभोक्ताहरूलाई बिक्रीको लागि परियोजनाहरूको व्यावसायिक सञ्चालनको मितिदेखि विद्युत खरिद गर्नेछ ।

joshi vada pasal 2

पीटीसीले मध्यम वा छोटो अवधिको आधारमा वा पावर एक्सचेन्जहरूमा कुनै पनि अनटाइड क्षमता बेच्न प्रयास गर्ने विज्ञप्तिमा उल्लेख छ ।
२ भदौमा जलविद्युत कम्पनीले नेपालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पश्चिम सेती (७५० मेगावाट) र सेती नदी–६ (४५० मेगावाट) आयोजनाको विकासका लागि लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

आईबीएनसँगको एमओयूमा हस्ताक्षर समारोहमा एनएचपीसीका सिंहले दुई जलविद्युत आयोजनाको विकास गर्न कम्पनीले नेपालमा १८ हजार करोडभन्दा बढी लगानी गर्ने बताएका थिए ।

‘यी आयोजनाहरूलाई समयमै र लागत प्रभावकारी रूपमा सम्पन्न गर्न करिब पाँच दशकमा २२ वटा जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्दा प्राप्त सबै विज्ञताको प्रयोग गर्नेछौं, हामीले यी परियोजनाहरू विकास गर्न भारु १८ हजार करोड भन्दा बढी लगानी गर्नेछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.