दशैंलाई नयाँ नोट भदौ २६ देखि साट्न पाइने

दशैंका लागि आगामी २६ भदौदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सो समयभन्दा अगाडि बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची सार्वजनिक हुने छ । त्यसपछि सर्वसाधारणले पायक पर्ने बैंकबाट नयाँ नोट साट्न पाइने गरी सहजीकरण गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

maya metro hospital

राष्ट्र बैंकले चाडबाडको लागि नयाँ नोट साट्न दिने गरेको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले यो चाडमा भने सर्वसाधारणलाई सहजीकरण गर्न पनि सबै बैंकहरूमा नयाँ नोट पठाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

attariya hospital

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । काठमाडौं बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवश्यकता अनुसार नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैैंकले नयाँ नोट वितरण गर्दा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने छ । यस्तो नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म साट्न पाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताएका छन् ।

‘राष्ट्र बैंकसँग साना दरका नयाँ नोट नै १० अर्ब रुपैयाँको छ । गत वर्ष भने नयाँ नोट ८ अर्बको मात्रै साटिएको पनि राष्ट्र बैंकको भनाइ छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.