दशैंपछि म्यादी प्रहरीको भर्ना खुल्दै

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सरकारले दशैं पछि भर्ना खोल्ने भएको छ । सरकारले ४० दिनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न लागेको हो ।

maya metro hospital

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले ४० दिनको लागि दशैं पछाडी म्यादी प्रहरी भर्ना प्रकृया शुरु गर्ने बताए ।
म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा भने ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन् ।

joshi vada pasal 2

‘अर्थ मन्त्रालयबाट प्रत्येक म्यादी प्रहरीलाई ४० दिनको ४० हजार तलब, कपडा र जुत्ताको लागि ६ हजार ५०० र ३ दिनको खाजा खर्च ३ सयका दरले बजेट आएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने ।

म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ । हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.