खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले प्रदेश सवारी तथा यातायात सम्बन्धी ऐन ल्याउँदै

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा यातायात सेवा व्यवस्थित गर्न प्रदेश सवारी तथा यातायात सम्बन्धी ऐन ल्याउन लागेको छ । सरल एवं सुलभ ढंगबाट यातायात सञ्चालन गराउन प्रदेश सरकारले ऐन ल्याउन लागेको हो ।

navjiwan hospital

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका हुन् ।

attariya hospital

प्रदेश सरकारले यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बिमाको व्यवस्था गर्न तथा सवारी साधन करसम्बन्धी प्रणालीलाई कानुनी दायरामा ल्याउन उक्त ऐन ल्याउन लागेको जनाएको छ ।