अत्तरिया – – गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाका थप ६ सदस्य मनोनित गरिएका छन । बिहिबार शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतमा बसको विश्वविद्यालय सभा (सिनेट) बैठकले विश्वविद्यालय ऐनको दफा ७ को उपदफा २ (ठ) बमोजिम ६ जना सदस्य मनोनित गरेको हो ।

जसअनुसार प्रा.डा. जयराज अवस्थी, डा. डम्मरबहादुर पाल, हेमा भट्ट, प्रा.डा. संगीताराज भण्डारी, डा. लवदेव अवस्थी र धर्मदेव भट्टलाई सदस्यमा मनोनीत गरिएको जानकारी दिए । अवस्थी द्वय, पाल र भण्डारी यसअघि पनि सिनेट सदस्य थिए ।

उक्त उपदफामा विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानून, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका छ जना विज्ञलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्न सकिने प्रावधान छ । सरकारले ल्याएको अध्यादेश मार्फत नियुक्त गरिएका पदाधिकारी पदमुक्त भएपनि पुनः नियुक्ती गरिएको हो ।


















