अत्तरिया – संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सा सम्पन्न भएको हो ।
संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी र कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका कर्मचारी देवराज पन्त रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी एवम् शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।


संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा करिब ८ करोड भन्दा माथी कारोबार गरेकामा १७ लाख भन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको संस्थाको आर्थिक प्रतिवेदनामा उल्लेख गरिएको छ । कैलालीको अत्तरियामा प्रधान कार्यालय रही कैलालीकै धनगढी र कञ्चनपुरको गुलरियामा शाखा कार्यालय सञ्चालनमा ल्याउन सफल उक्त सहकारीले स्थापनाको छोटो समयमा नै बढी मुनाफा आर्जन गर्न सफल भएको हो ।
२०७५ साल माघ ७ गते ३२ जना शेयर सदस्य र ६ लाख शेयरपुँजी बाट सुरु भएको उक्त सहकारी संस्थामा आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म ५ सय ३१ जना शेयर सदस्य रहेका छन भने ६५ लाख भन्दा बढी शेयरपुँजी रहेको छ ।
यसैगरी साधारण सभाको बन्दसत्रले पुरानै कार्यसमितीलाई निरन्तरता दिएको छ । संस्थाको वार्षिक साधारण सभामा आयोजित औपचारीक कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख अमर बहादुर कुँवरले गरेका थिए ।















