दार्चुलाका स्थानीय तहमा बेरुजु बढ्दै

दार्चुला – दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । सबै स्थानीय तहहरूको आर्थिक वर्ष २०७७÷७८ सम्मको बेरुजु रकम झन्डै ७७ करोड हाराहारी पुग्दै छ ।

bishal shuit house

महालेखा परीक्षकको पछिल्लो ५९ औं प्रतिवेदनले जिल्लाका ९ ओटा स्थानीय तहको बेरुजु रकम ७६ करोड ८१ लाख ८४ हजार पुगेको उल्लेख गरेको छ । सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड १२ लाख ९ हजार बेरुजु रहेको छ । यस्तै, मालिकार्जुन गाउँपालिकामा २३ करोड ४४ लाख ५६ हजार, महाकाली नगरपालिकामा १४ करोड ७ लाख २६ हजार बेरुजु छ ।

joshi vada pasal 2

व्यास गाउँपालिकामा ९ करोड ३४ लाख ४२ हजार, मार्मा गाउँपालिकामा ९ करोड १५ लाख ७४ हजार, लेकम गाउँपालिकामा ९ करोड १० लाख ६६ हजार, अपिहिमाल गाउँपालिकामा ४ करोड ८५ लाख ८२ हजार, दुहु गाउँपालिकामा ४ करोड ३८ लाख ३८ हजार र नौगाड गाउँपालिकामा २ करोड ४५ लाख ६३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहहरूमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी योजनाहरू सञ्चालन गरेको, आर्थिक अनुशासन नभएको लगायतका टिप्पणी उल्लेख गरिएका छन । महालेखाको प्रतिवेदनले जिल्लाका ९ वटै स्थानीय तहबाट देखिएको बेरुजुमध्ये झन्डै एक करोड ८ लाख असुल गर्नुपर्ने रकम पुगेको छ । महालेखाको प्रतिवेदनका अनुसार यहाँका पालिकाहरूबाट आर्थिक वर्ष २०७७÷७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम एक करोड ७ लाख ९५ हजार पुगेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.