खाेज्नुहाेस

दुर्घटनामा परेर गायक प्रमोद खरेल घाइते

Image

काठमाडौं– गायक प्रमोद खरेल दुर्घटनामा परेका छन् । बुधबार राति उनी तुलसीपुरको दाङमा हुने कार्यक्रमका लागि जाँदै गर्दा कार दुर्घटनामा परेका हुन् ।

navjiwan hospital

गायक खरेलले सामाजिक सञ्जालमार्फत् आफू एक सांस्कृतिक कार्यक्रमका लागि दाङ जाँदै गर्दा बुधबार साँझ दुर्घटनामा परेको बताएका छन् । बुधबार काठमाडौंबाट नेपालगञ्जसम्म हवाई मार्गबाट पुगेका उनी राति १ बजे दुर्घटनामा परेका हुन् ।

attariya hospital

‘राति १ बजे होटल पुग्न १० मिनेट मात्र बाँकी हुँदा आयोजकले चलाएको कार दुर्घटनामा पर्यो’, गायक खरेलले भनेका छन्, ‘कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निद्रामा मेरो होस त्यहि गुमेछ ।’

दुर्घटनापछि आफूलाई दाङस्थित अस्पताल लगिएको उनले बताएका छन् । शरीरमा बाहिरी चोट लागेपछि भित्रि रुपमा भने केही समस्या नदेखिएको गायक खरेल बताउँछन् । उनी भन्छन्, ‘आज बिहान ४ बजे डिस्चार्ज भएँ। अहिले काठमाडौं आइपुगेको छु । अवस्था विस्तारै सुध्रिदै जाँदै छ ।’