खाेज्नुहाेस

महेन्द्रनगर नगर विकास समितिका ६४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Image

महेन्द्रनगर – महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली, मालपोत कार्यालयका प्रमुख विशनसिंह थापासमेत ६४ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

navjiwan hospital

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी, सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका महेन्द्रनगरस्थित कार्यालय प्रमुख रामबहादुर कुरुङवाङले बताए ।

attariya hospital

‘भ्रष्टाचार गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षहरुको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी, गराई हक हस्तान्तरण गरेको देखिएको छ,’ उनले भने ।

तत्कालीन अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारी, सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारी, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारी तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुबिरुद्ध मुद्दा दर्ता भएको हो । कर्मचारीहरुले अर्बौको भ्रष्टाचार गरेकाले सोही अनुरुप बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।