खाेज्नुहाेस

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश नियुक्त

Image

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्।

न्याय परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

attariya hospital
navjiwan hospital

यसअघि आजै संसदीय विशेष सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको थियो।

विराटनगर उच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम फागुन ६ गते सर्वोच्च अदालतका लागि सिफारिस भएको थियो।

२०१८ साल भदौ १४ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ २०३९ सालमा डिठ्ठबाट न्याय सेवामा प्रवेश गरेका थिए। २०६६ सालमा तत्कालीन पुनरावेदन अदालत बुटवलमा न्यायाधीश भएका श्रेष्ठ न्याय क्षेत्रमा प्राज्ञिक व्यक्तित्व मानिन्न्।उनी २०८३ साल भदौ १३ गतेसम्म सर्वोच्चको न्यायाधीश हुनेछन्।