खाेज्नुहाेस

सुदूरपश्चिममा हावाहुरी र वर्षाको सम्भावना

Image

काठमाडौं – आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसममा बदली हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

attariya hospital
navjiwan hospital

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राति देशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।