खाेज्नुहाेस

१ फागुनदेखि खप्तड र बडीमालिकामा हेलिटुर संचालन हुने

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीयस्थल खप्तड र बडीमालिकामा हेलिटुर सञ्चालन हुने भएको छ । १ फागुनदेखि १० गतेसम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष १४ माघदेखि ६ फागुनसम्म सञ्चालनमा ल्याइएको हेलिटुर यो वर्ष तेस्रो चरणको कोरोना महामारीका कारण फागुनबाट सञ्चालन गरिने जनाइएको छ ।

attariya hospital
navjiwan hospital

खड्काले जारी गरिएको प्रेस विज्ञप्तिमा दिपायलदेखि खप्तड–बडीमालिका, झिंग्रानादेखि खप्तड–बडीमालिका र साँफेबगरदेखि खप्तड–बडीमालिका हेलिकोप्टरमा अपडाउन गर्न सकिने उल्लेख छ ।

खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रालि डोटीले माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा ‘हेलिटुर प्याकेज’ ल्याएको हो । गत वर्ष १३५ जनाले हेलिटुरमार्फत खप्तड र बडीमालिकाको भ्रमण गरेका थिए । यो वर्ष १० दिनमा ३५० जना पर्यटकलाई घुमाउने लक्ष्य राखिएको छ ।