काठमाडौँ – संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले ’विशेष कारणवश’ स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ’विशेष कारणवश’ बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ ।
यसअघि संसद्मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका थिए ।
















