खाेज्नुहाेस

सुदूरपश्चिमेली नेपाली समाजद्धारा मलेसियामा भलिबल प्रतियोगिता हुने

Image

दिनेश खड्का/मलेसिया – सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति जोहोरबारुको आयोजनामा मलेसियामा भलिबल प्रतियोगिता हुने भएको छ ।

चाईनिज नयाँ बर्षको अवसरमा मलेसियाको जोहोरबारु सेनाई पिरिन्डुमा भलिवल प्रतियोगिता सन्चालन हुन लागेको हो ।

attariya hospital

चाईनिज नयाँ बर्षको फ्रेवुअरी १ तारिकका दिन सार्वजनिक बिदा हुने भएकाले भलिबल प्रतियोगिता सन्चालन गर्न लागेको समाजका अध्यक्ष तिलक चन्द ठकुरीले बताएका छन ।

navjiwan hospital

उक्त प्रतियोगिता अन्तर्गत पहिलो हुनेले नगद मलेसियान ३ हजार सहित ट्रफि प्रमाण पत्र, द्वितीय हुनेले नगद मलेसियान २ हजार सहित ट्रफि प्रमाण पत्र, तृतिय हुनेले नगद मलेसियान १ हजार सहित ट्रफि प्रमाण पत्र तथा उत्कृष्ट खेलाडी लाई पनि पुरस्कार प्रदान गरिने समाजका सचिव आनन्द साउँदले बताएका छन ।

प्रतियोगितामा सहभागी हुनको लागि मलेसियान पाँच सय रिंगेट टिम दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिता टिटिको नियम अनुसार खेलाईने छ । एउटा टिममा ८ जना खेलाडी सहित एक जना प्रशिक्षक हुनु पर्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा टाढा बाट सहभागी हुने खेलाडी हरुलाई बास बस्नको ब्यबस्था समाजले गर्ने र खाना तथा अन्य खर्च स्वयम् खेलाडीहरुले बेहोर्नु पर्ने समाजका सचिव साउँदले बताए । खेल फ्रेवुअरी २ तारिख समापन हुने छ ।

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिवल खेल मलेसियामा क्रियाशील संघ–संस्था हरुले सार्वजनिक बिदाको अवसरमा आयोजना गर्दै आएका छन् ।