खाेज्नुहाेस

एमाले कैलाली अधिवेशन अन्तरगत मतदान सकियो

Image

अत्तरिया – नेकपा एमाले कैलालीको जिल्ला कमिटी चयनका लागि मतदान सम्पन्न भएको छ । अध्यक्ष सहित बिभिन्न पदका लागि २ प्यानल चुनावि मैदानमा आएपछि सोमबार मतदान भएको थियो ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म भएको मतदानमा ५ सय ८९ मत खसेको निर्वाचन समितिले जनाएको छ । कैलालीमा ६ सय ९ मतदाता रहेका थिए ।

attariya hospital
navjiwan hospital

निर्वाचनको मतगणना पनि आजै रातिदेखि पार्टी कार्यालयमासुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

जिल्लामा अध्यक्षका लागी वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ भने उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।

१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी परेको छ । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना तथा ४ र ५ बाट ३०÷३० जनाले उम्मेदवारी दर्ता गरेका छन ।

यस्तै जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ भने राना थारुतर्फ ८ जनाको पदमा १५ जना, पेसागत खुल्ला तर्फ १ पदमा २ जना, दलिततर्फ ८ पदमा १७ जना र महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ ।अपाङ्गतर्फ १ पदमा ३ जनाको र अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको भएको छ ।