खाेज्नुहाेस

सुदूरपश्चिममा १५९ कोरोना संक्रमित थपिए, आधा भन्दा बढी भारतबाट भित्रिएका

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सोमबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १७ नमूनाको कोरोना जाँच गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ नमूनाको एन्टिजेन बिधिबाट कोरोना जाँच गर्दा १ सय ९ र १ सय ४४ नमूनाको पीसीआर बिधिबाट कोरोना जाँच गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

संक्रमित हुनेमा कैलाली, कञ्चनपुरका ७०/७०, डोटी, डडेल्धुरा, बैतडीका ३/३, बाजुरा, दार्चुलाका २/२, बझाङका १ र अन्य बाह्य जिल्लाका ५ जना रहेका छन ।

navjiwan hospital

यो संगै प्रदेशका कोरोना संक्रमितको संख्या ४९ हजार ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमध्ये आधा भन्दा बढी सीमा नाकाबाट भित्रिएका छन । निर्देशनालयका अनुसार गड्डाचौकी नाकाबाट भित्रिएका ३६, गौरीफन्टा नाकाबाट भित्रिएका ५१ र झुलाघाट नाकाबाट भित्रिएका १ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गड्डाचौकी नाकाबाट भित्रिएका ५४३, गौरीफन्टा नाकाबाट भित्रिएका ८ सय ४३ मध्ये ७ सय ४३ र झुलाघाट नाकाबाट भित्रिएका ३९ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय ३ पुगेको छ ।