खाेज्नुहाेस

कैलाली जिल्ला लिगको उपाधि विजय स्पोर्ट्सलाई 

Image

बिकाश सिह महता/कञ्चनपुर – कैलाली जिल्ला लिगको उपाधि विजय स्पोर्ट्स क्लवले हात पारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार  कैलाली जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा बिजय स्पोर्ट्स क्लबलाई २–१ गोलको अन्तरले स्टार सिटि युवा क्लबलाई हराउँदै लिगको उपाधी जितेको हो ।

धनगढी गाउँमा रहेको धनगढी युवा क्लबको खेल मैदानमा भएको फाइनल खेलको पहिलो हाफमा बिजय स्पोर्ट्सले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा स्टार सिटिले गोल गर्दै एक–एक गोलको बराबरी रहेको बेला बिजय स्पोर्ट्सले खेलको इन्जुरी समयमा थप एक गोल गर्दै खेल २–१ गोलको अन्तरले जित निकालेको कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेलले बताए ।

attariya hospital

लिगको उत्कृष्ट गोलरक्षक किपर स्टार सिटि क्लबका आकाश बुढा, उत्कृष्ट खेलाडी, डिफेन्स,उदयमान खेलाडी बिजय स्पोर्ट्स क्लबका हिरेन्द्र सिंह, चन्द्र बुढा मगर, सुशील बिक घोषित भएका थिए । भने फेयर पिलेको उपाधी धनगढी युवा क्लबले पाएको छ ।

navjiwan hospital

लिगको समापन समारोहको अध्यक्षता कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाही रहेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ, विशिष्ट अतिथि कैलाली खेलकुद विकास समितीका अध्यक्ष ललित खत्री, कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष अनिल मल्ल, कोषाध्यक्ष डबल बहादुर थापा, लिग संयोजक बिनोद बिष्ट, संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कैलाली जिल्ला फुटबल संघका महासचिव प्याकुरेलले गरेका थिए ।

कार्यक्रममा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउदै च्याम्पियन बनेको धनगढी उपमहानगरपालिका महिला फुटबल टिमका व्यवस्थापक, प्रशिक्षक, मेडिकल टिम र खेलाडीलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष शाहीले सम्मानित गरेका थिए ।

जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख ०४ गते देखि सुरु भएको भएपनि कोरोनाका कारण स्थगित हुन पुगेको थियो । उक्त प्रतियोगितालाई निरन्तरता दिदै पौष १० गते देखि संचालन भएको थियो ।

प्रतियोगिता आगामी दिनमा नयाँ जिल्ला लिग दुई श्रेणी/तहमा बिभाजन गरेर खेलाइने महासचिव प्याकुरेल बताएका छन । उनले भने – ‘आउँदा दिनमा जिल्ला लिग पनि ‘ए’डिभिजन, ‘बि’ डिभिजन गरि दुई श्रेणीमस हुनेछन् । जसमा कैलाली जिल्ला फुटबल संघमा आवद्ध १९ क्लब मध्य ८ क्लबले ‘ए’ डिभिजन खेल्ने छन् । भने ७ क्लबले ‘बि’ डिभिजन प्रतियोगिता खेल्ने र अन्य क्लबहरु  रेलिकेसनमा परेका छन् ।’