खाेज्नुहाेस

प्रहरीद्धारा कैलालीमा जनचेतना मुलक कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीमा प्रहरीले जनचेतना मुलक कार्यक्रम अयोजना गरेको छ । ईलाका प्रहरी कार्यालय चौमालाको आयोजनामा गौरीगंगा नगरपालिका – ३ कुचैनीमा रहेको शिब नमुना आधारभुत बिद्यालयमा जनचेतना मुलक कार्यक्रम आयोजना गरेकोे हो ।

navjiwan hospital

समुदाय प्रहरी साँझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरी संग हामी’ कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका लगायत १५० जनाको सहभागितामा रहेको प्रहरीले जनाएको छ ।

attariya hospital

जनचेतना मुलक कार्यक्रममा लागु औषध नियन्त्रण, बाल बिबाह, बहु बिबाह, ट्राफिक सचेतना तथा सामाजिक बिकृति सम्बन्धी प्रशिक्षण दिइएको थियो ।