काठमाडौं – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए ।

श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

















