खाेज्नुहाेस

भीमदत्तमा पाँच महिनामा लक्ष्यको ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन

Image

कञ्चनपुर – भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा लक्ष्यको ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन गरेको छ । नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भएको हो ।

navjiwan hospital

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिर सम्ममा उक्त राजस्व सङ्कलन भएको बताए ।

attariya hospital

उनका अनुसार आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य कर अन्तर्गत ७ करोड ५० लाख सङ्कलन भएको छ ।

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब ४ करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पुर्याइएको थियो ।