खाेज्नुहाेस

रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गराउन समर्थक पुगे निर्वाचन आयोग

Image

काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गराउन उनका समर्थक निर्वाचन आयोगमा पुगेका छन । दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजा सहित आयोग पुगेका हुन् ।

navjiwan hospital

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरू भृकुटीमण्डपमा भेला भएर बाजागाजा सहित आयोग पुगे ।

attariya hospital

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी अहिले कारगारमा छन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौँमा प्रदर्शन भइरहेको छ ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।