खाेज्नुहाेस

देशभर २ सय १६ कोरोना संक्रमित थपिए

Image

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज २ सय ९ जना संक्रमणमुक्त भएका छन् । आज २ जना संक्रमितको मृत्यु भएको छ ।

navjiwan hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

attariya hospital

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ । आइसियूमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।