खाेज्नुहाेस

थप एक नेपालीमा ओमिक्रोन पुष्टि, ओमिक्रोन संक्रमितको संख्या ३ पुग्यो

Image

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् ।

attariya hospital

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।

अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।