खाेज्नुहाेस

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिए

Image

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।

राष्ट्रपति विद्याभण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेकी हुन् ।

attariya hospital
navjiwan hospital

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेको जानकारी दिए ।

रक्षामन्त्री रिजालले नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।