कांग्रेस सुदूरपश्चिम प्रदेश अधिबेशन : तिन सदस्य निर्विरोध चयन
धनगढी – नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलक राज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।

शुक्रबार उम्मेदबारहरुको मनोनयन दार्तामा भुगोलमा सदस्यमा बढी उम्मेदबारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए ।
