भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी

सौराह – पदाधिकारीको सूचीमा नाम छुटाइएका नेता भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

maya metro hospital

सर्वसम्मत नेतृत्व चयन गर्न सकसपूर्ण अवस्थाले महाधिवेशन लम्ब्याएरै भए पनि एमालेले आज निर्वाचन प्रक्रियालाई अघि बढाएको छ । महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा पनि उनले घोषणा गरेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सर्वसम्मत हुन सकेन ।

citizen security services

जसले गर्दा उनले घोषणा गरेका पदाधिकारीहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएको छ । सोही अनुसार अध्यक्षमा रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

attariya hospital

त्यस्तै उपाध्यक्षमा युवराज ज्ञवाली, उपमहासचिवमा विष्णु रिमाल र प्रदीप ज्ञवालीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् । अन्य पदाधिकारीहरुमा उम्मेदवारी दिने क्रम जारी रहेको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.