आज देशभर माओवादीको पालिका सम्मेलन हुँदै, गोदावरीमा हिजै सकियो

 

 

अत्तरिया – नेकपा (माओवादी केन्द्र( को स्थानीय तहको सम्मेलन शनिबार हुँदैछ । देशभरका ७५३ वटा स्थानीय तहको सम्मेलन माओवादीले एकैदिन गर्ने जनाएको छ ।

maya metro hospital

माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

citizen security services

पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल’ सम्बोधन गर्ने छन् । शनिबार १३ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने हुन् ।

attariya hospital

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

गोदावरीमा हिजै सकियो अधिवेशन

कैलालीको गोदावरी नगरपालिकामा भने माओवादीको पालिका सम्मेलन हिजै सकिएको छ । सम्मेलनबाट नयाँ नेतृत्व समेत चयन गरिसकिएको छ ।

यो पनि पढ्नुहोस् : माओवादी केन्द्र गोदावरीको अध्यक्षमा धर्म कुँवर निर्वाचित

नेकपा माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेताहरुले सबै ठाउँमा जानुपर्ने भएकाले सम्मेलन एक दिन अगाडी गरिएको बताए । ‘सुदूरपश्चिमको भूगोलले एकै दिनमा सबै ठाउँमा नेताहरुले पुग्न नसक्ने भएकाले यहाँको विशिष्टतामा सम्मेलन अगाडी भएको हो’ उनले भने ।

सम्बन्धित समाचार

लेखराजलाई इगिंत गर्दै खगराजले भने ‘माओवादी राता कपालको आधारमा बलियो भएको होइन’

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.