
अत्तरिया – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार (भोली) कैलाली आउने भएका छन । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कैलाली आउन लागेका हुन ।
कैलालीमा रहदाँ प्रचण्डले भजनी नगरपालिकाको नबनिर्मित भवनको उद्घाटन गर्ने र माओवादी केन्द्र प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

















