खाेज्नुहाेस

महाधिवेशनका लागि बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध : भीम रावल

Image

धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त दिननदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध हो । यस्तो क्रियाकलापप्रति असन्तुष्टि र विरोध प्रकट हुने क्रममा विभिन्न ठाउँबाट पार्टीमा लिखित र मौखिक उजुरी पर्नुका साथै जिल्ला कमिटीका सदस्यले पदबाट राजीनामा दिनेसम्मको स्थिति देखिएको छ ।’

attariya hospital

पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरुको समाधान गर्न र पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले चलाउँदै एकताबद्ध रुपमा अगाडि बढ्नको लागि १० बुँदे सहमति भई त्यसको कार्यान्वयनको लागि अन्तरपार्टी निर्देशन–१२ जारी भएको उनको भनाइ छ ।

navjiwan hospital

‘यही भावनाका साथ विधि र पद्धतिको पूर्ण पालना गरी दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर, यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् । कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै  पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको देखिएन,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा भएको र यसले पार्टीलाई गम्भीर क्षति पु¥याउने उनको भनाइ छ । ‘अतः उक्त प्रकारका पार्टी निर्णय र विधि–पद्धति विपरीतका कार्यलाई बदर गरी दसौं महाधिवेशनको स्वच्छता, निष्पक्षता, गरिमा र विश्वसनीयताको रक्षा गर्न उच्च नेतृत्व एवम् सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार  :  कैलालीमा भीम रावल पक्षको भेलाबाट छुटै महाधिवेशन प्रतिनिधि छनोट