काठमाण्डौं – ब्लडप्रेसर बढेर भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार मेडिसिटी अस्पतालमै रहने भएका छन् ।
उनलाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने भएको हो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार स्वास्थ्य अवस्था सामान्य छ। ‘ब्लडप्रेसर कन्ट्रोलमा आएको छ, तर आज एक दिन अस्पतालमै राख्ने निधो भएको छ,’ उनले भनिन् ।



दाहाललाई शुक्रबारदेखि ब्लडप्रेसर बढिरहेको थियो । उनले शनिबार करेलाको झोल खाएका थिए। तर, रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो ।
‘करेलाको झोल खाएपछि बमिट गर्नुभएको थियो,’ दाहालले भनिन्, ‘आज एक दिन आराम गर्न भनेर अस्पतालमै राखेका हौं ।’

















