वीरगञ्ज – आमाछोरीलाई जबर्जस्ती करणी गर्न खोजेका आरोपमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–१ बस्ने १९ वर्षीय शेख सलाउद्दिन छन ।
सलाउद्दिनले बिहीबार दिउँसो ३८ वर्षीया आमा र उनकी २० वर्षकी छोरीलाई घरमै बसिरहेका बेला घरभित्र पसी जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।



सलाउद्दिनसहित अन्य ६–७ जना व्यक्ति साथमा गई उनीहरूको घरमा गएर सलाउद्दिनले अन्य व्यक्तिलाई घरबाहिरै राखी सल च्यातेर छोरीलाई खाटमा लडाई जबर्जस्ती करणी गर्न खोज्दा आमाले प्रतिकार गरेकी थिइन ।
उनको पनि सलाउद्दिनले ब्लाउज च्यातेर जबर्जस्ती करणी गर्न खोजेका थिए । पीडित परिवारका अन्य एक जना सदस्यसमेत आएर प्रतिकार गर्दा सलाउद्दिनले करणी गर्न नपाएको प्रहरीको भनाइ छ ।
घटनासम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले सलाउद्दिनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका उनलाई जबर्जस्ती करणी उद्योग कसुरमा अनुसन्धान भइरहेको उनले बताए । साथै, घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको खनालले बताए ।

















