काठमाडौँ – प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।
















