खाेज्नुहाेस

बादी समुदायमा ‘भाँडे’ संक्रान्तिको रौनक

Image

बझाङ – सीमान्तकृत बादी समुदायमा ‘भाँडे’ संक्रान्ति पर्वको रौनक सुरु भएको छ । यो बादी समुदायको ठूलो चाड हो । भदौ महिनाको संक्रान्तिलाई जिल्लाका अन्य समुदायले गावे संक्रान्ति पर्वका रुपमा एक दिन मनाउँछन ।

सुदूरपश्चिमका अन्य जिल्लामा यो पर्वलाई ‘ओल्के’ संक्रान्तिका रूपमा धुमधामसंँग मनाउने गरेका छन । तर बझाङका बादी समुदायले भने ‘भाँडे संक्रान्ति’ पर्वलाई १५ दिनसम्म मनाउने गर्छन ।

attariya hospital
navjiwan hospital

यो पर्वका अवसरमा अन्य समुदायका मानिसले मिठो मसिनो पकाएर खाने, पोइली गएका छोरी चेलीलाई माइतीमा बोलाउने गर्दछन् । गावे संक्रान्तिमा पकाइने खानामा पिँडालुको गावाको परिवार अनिर्वाय हुने गर्दछ ।

यता बादी समुदायले भने भाँडे संक्रान्ति पर्वमा अनुहारमा कमेरो र मुकुन्डो लगाई, शरीरमा कमेरो दलेर, काठको घोडामा चढी गाउँ गाउँमा नाचगान गर्दै नगद तथा अन्नपात संकलन गर्छन ।

बझाङको सदरमुकाम चैनपुर बजार र थलारा गाउँपालिकाको कोट क्षेत्रमा बसोबास गर्ने विपन्न बादी समुदायका मानिस यो पर्वमा एकै ठाउँमा भेला हुने गर्छन ।